एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

काठमाडाैं | मंसिर १४, २०८१

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

काठमाडौं:    भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन आज साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गर्नुभएको हो ।    


विमानस्थलमा सञ्चारकर्मीसँग धवनले आफू एनपिएल खेल्न पाउँदा उत्साहित भएकोे बताए । 

    
३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।  

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्